राजु पाण्डे निलम्बनमा परेपछि विष्णु बने नगर प्रहरी प्रमुख
निरन्तर न्यूज
२१ जेष्ठ २०८२, मंगलवार २०:५४

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीले पाएका छन्।
मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले राजुनाथ पाण्डेलाई छ महिनाका लागि निलम्बन गरेर नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई दिएका हुन्।