मकववानपुरमा अवैध भरुवा बन्दुक राख्ने लामा पक्राउ

हेटौंडा। मकवानपुर प्रहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ।
मकवानपुर प्रहरीले भरुवा बन्दुक सहित ईन्द्रसरोवर गाउँपालिका-५ का ६० वर्षिय साङ दोर्जे लामालाई पक्राउ गरिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
लामालाई सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलिले घरमा लुकाई छिपाई राखेको १ थान अवैध भरुवा बन्दुक फेला परेको थियो।