हेटौंडाका कपडा व्यवसायीलाई कुटेकाे आरोपमा एकजना पक्राउ

निरन्तर न्यूज
३२ जेष्ठ २०८२, शनिबार ०८:२९

हेटाैँडा । हेटौंडाको मुख्य बजार राप्तीरोडमा एक व्यवसायीमाथि सांघातिक आक्रमण गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौंडा १२ पदमपोखरीका ३५ वर्षीय विजय थिङ रहेका छन् । बिहीबार हेटौंडा १० राप्तीरोडस्थित दास ईम्पोरियम कपडा पसलका सञ्चालक करिब ६१ वर्षका विन्दल दासलाई सांघातिक आक्रमण गरेको आरोपमा थिङलाई प्रहरीले पक्रिएको हो । थिङले कपडाको मूल्य बढी भएको भन्दै अश्लिल शब्द प्रयोग गर्दै दासको टाउकोमा काठको बोलना प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

‘कपडा किन्ने क्रममा मूल्य बढी भएको भनी वादविवाद गर्नुका साथै पसलका सञ्चालकको टाउकोमा काठको बेलना प्रहार गरी गहिरो चोट बनाएका पदमपोखरीका ३५ वर्षीय विजय थिङलाई पक्राउ गरेका छौं’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काले भने, ‘पक्राउ परपेका थिङलाई ज्यान मार्ने उद्योग कसुर मुद्दामा थप अनुसन्धान कार्य अघि बढाएका छौं । उक्त घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गरी खोजी कार्य अघि बढाएका छौं ।’ व्यस्त शहर र जिल्ला प्रहरी कार्यालयबाट करिब एक मिनेटको दुरीमा दिउँसै व्यवसायीमाथि सांघातिक आक्रमण भएको भन्दै प्रहरी प्रशासनको विरोध हुँदै आएको छ ।

व्यवसायीमाथि सांघातिक आक्रमण भएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले करिब १५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । बिहीबार दिउँसो करिब ३ बजेको समयमा हेटौंडा राप्तीरोडको दास इम्पोरियमका सञ्चालक दासमाथि आक्रमण भएको थियो । दासको दाउकोमा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ ।

व्यवसायीमाथि भएको आक्रमणको घटनाको विरुद्धमा मकवानपुर उद्योग वाणिज्य संघसहित व्यवसायीसँग सम्बन्धित विभिन्न संघसंस्थाले विज्ञप्ती जारी गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*