मकवानपुरगढी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

निरन्तर न्यूज
४ असार २०८२, बुधबार ०७:२७

हेटाैँडा । मकवानपुरगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । मंगलबार एक समारोहकाबीच पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा भएको हो । पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम यहीँ जेष्ठ २५ गते सम्ममा १६ महिनादेखी २३ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेकोले मकवानपुरगढी सुनिश्चिताको घोषणा गरेको हो ।

जिल्ला पूर्णखोप समन्वय समितिको सचिवालयले पूर्णखोप सुनिश्चितता गाउँपालिकाको प्रमाणपत्र प्रदान गरे सँगै मकवानपुरगढी घोषणा गरिएको हो । खोप समन्वय समिति गाउँपालिकाका संयोजक एंव गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा घोषणा कार्यक्रम भएको थियो । जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले “पूर्णखोप सुनिश्चितता गाउँपालिकाको प्रमाणपत्र” गाउँपालिका अध्यक्ष स्याङ्तानलाई प्रदान गरेका थिए ।

सोही अवसरमा खोप समन्वय वडा समिति र वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । गाउँपालिकाका वडाहरुले वडा घोषणा भएसँगै मंगलबार गाउँपालिका घोषणा भएको स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन, प्रमुख प्रशासकीय अधिकृत ई. सुधन लामिछाने, २ का वडाध्यक्ष बखानसिं पाख्रीन, ५ का वडाध्यक्ष दिपेश दाहाल, ३ का वडाध्यक्ष भागवत घिमिरे, ४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, वडा ७ का वडाध्यक्ष सुर्यबहादुर रुम्बा, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, खोप अधिकृत मनिर आलमको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुखहरु, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, रेडक्रम र टोलविकासका प्रतिनिधिका साथै स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*