जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरकाे अध्यक्षमा अर्याल सर्वसम्मत

निरन्तर न्यूज
४ असार २०८२, बुधबार १०:५७

हेटाैँडा । नेकपा माओवादी केन्द्र निकट प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

हेटौंडामा सम्पन्न सम्मेलनले मधु अर्यालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ।

कमिटीको उपाध्यक्षमा ज्योतिराज लुइँटेल,सचिबमा अशोक रखाल, सह-सचिवमा सन्देश भण्डारी, कोषाध्यक्ष पविला थापा निर्वाचित भएका छन् ।

कार्यक्रममा माओवादी फ्याक्सन इन्चार्ज कल्पना धमला, मकवानपुर इन्चार्ज बिजय गाैतम, बागमती प्रदेश सभा सदस्य कुमारी माेक्तान जिल्ला संयाेजक भीम पाख्रीन, सचिव बीर बहादुर घलान, जनस्वास्थ्यकर्मी नेताहरु लक्ष्मण घिमिरे, जयराम रायमाझीलगायतकाे आतिथ्यता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*