प्रभावकारी बन्दै सदस्य सुरक्षण कोष

दोलखा । २०८० साल भदौ १६ गते साबिक जनहित बहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापना भएको थियो । पछि उक्त सहकारी चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. बीच एकीकरण भएको थियो । एकीकरणपछि हाल जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. को रुपमा जिल्लामा क्रियाशिल रहदै आएको छ । यस सहकारीमा ५ हजार ४७९ शेयर सदस्य र ८५३ जना बाल सदस्य आवद्ध रहेका छन् । संस्थाले बचत तथा ऋणको कारोबार सँगै वार्षिक रुपमा सामाजिक कार्य पनि गर्दै आएको छ । संस्थाले विशेषगरी महिला शेयर सदस्यहरुको क्षमता अभिवृद्दिका लागि सीपमुलक तालिम कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । बेला बेलामा शेयर सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम, गोष्ठ गर्दै आएको छ । संस्थाले नियमित रुपमा शेयर सदस्यको आयआर्जनको लागि झोल साबुन बनाउने तालिम पनि प्रदान गर्दै आएको छ ।
गत आर्थिक वर्षमा संस्थामा आवद्द २० जना महिला शेयर सदस्यहरुलाई उद्योग वाणिज्य कार्यालय चरिकोट शाखासँगको सहकार्यमा मकैको खोस्टाबाट सजावटका सामग्री बनाउने साथै क्रिस्टलका गहना बनाउने तालिम सञ्चालन गरेको थियो । उक्त तालिमबाट धेरै महिला शेयर सदस्यहरुको जीविकोपार्जनमा टेवा पुगेको छ । त्यस्तै संस्थामा आवद्द शेयर सदस्यहरुलाई सदस्य मृत्युु पश्चात सदस्यता लिएको अवधिका आधारमा १ लाख रुपैयाँसम्म भुक्तानी गर्ने व्यवस्था सदस्य हितकोषमार्फत मिलाइएको छ ।
साधारण सभाको अवसरमा शेयर सदस्यहरुका लागि निशुःल्क स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालसँग संस्थामा आवद्द शेयर सदस्यहरु बिरामी भई उपचार गर्नुपर्दा उपचार खर्चमा ३० प्रतिशत र औषधि खरिदमा ७ प्रतिशत छुट उपलब्ध गराउने सहमति गरि छुट सम्बन्धि सुविधा प्रदान गरिएको छ । उत्पादन र आय आर्जनसँग सम्बन्धि विशेषगरी कृषिसँग सम्बन्धित कर्जा लगानीलाई प्राथमिक दिने गरिएको छ । बहुउद्देश्यीय प्रकृतिको संस्था भए तापनि संस्थाले उद्देश्य अनुसारको कार्य गर्न सकिरहेको छैन । तरपनि संस्थाले शेयर सदस्य मृत्युु हुँदा सदस्य हितकोषमार्फत शेयर सदस्यहरुलाई सदस्यता लिएको आधारमा १ लाख रुपैयाँसम्म भुक्तानी गर्ने कार्यक्रम अलि फरक रहेको व्यवस्थापक रमेश बस्नेत बताउनु हुन्छ । शेयर सदस्यहरुको हितको लागि जीविकोपार्जनेखि आयआर्जनसम्मको गतिविधि र नीति नियम बनाउदै आएको छ ।
सहकारी संस्थाले आफ्नो सदस्य सुरक्षण कोषलाई प्रभावकारी बनाउँदै आएको छ । आफ्ना शेयर सदस्य र गाउँ समाजमा सुरक्षाको सन्देश प्रवाह गर्दै आएको छ । २०७९ सालबाट सञ्चालनमा आएको यो सदस्य सुरक्षण कोष हालै परिमार्जित नीतिसहित कार्यान्वयन भइरहेको छ । परिमार्जनपछि कोषले हरेक शेयर सदस्यबाट वार्षिक ३०० रुपैयाँ कट्टा गर्ने व्यवस्था गरेको छ । सदस्यको मृत्यु भएमा सदस्यता अवधिका आधारमा अधिकतम १ लाख रुपैयाँसम्म राहत दिने नीति बनाइएको छ । साथै, परिवारका सदस्यको मृत्यु भएमा अधिकतम ५ हजार रुपैयाँ भुक्तानीको प्रावधान छ ।
पछिल्लो दुई वर्षमा कोषबाट २८ जना मृतक शेयर सदस्य र १५० जना परिवारका सदस्यहरूलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । सहकारीले यस अवधिमा संकट व्यवस्थापनमा देखाएको चाँडो निर्णय क्षमताले समुदायमा सकारात्मक प्रभाव पारेको छ । हालै सदस्य नं. ६९३ का मोतीराम श्रेष्ठलाई संस्थाले सबैभन्दा बढी ८० हजार रुपैयाँ सहयोग प्रदान गरिएको संस्थाका व्यवस्थापक रमेश बस्नेतले जानकारी दिनुभयो । यो घटनाले सहकारीको पारदर्शिता र समयमै सहयोग प्रदान गर्ने कार्यप्रति सदस्यहरूको मनोबल अझ बढाएको छ ।
सदस्यहरुको सुरक्षण कोष सहकारीको सामाजिक सुरक्षालाई थप सुदृढ गर्नेतर्फ केन्द्रित छ । यसले समुदायलाई आर्थिक संकटमा राहत दिँदै सहकारी क्षेत्रमा सहकारी अभियानलाई प्रभावकारी बनाएको छ । सहकारीका व्यवस्थापक रमेश बस्नेत भन्छन्, “हामी सदस्यहरूको सुरक्षाका लागि निरन्तर प्रतिवद्ध छौं । यो कोषले सदस्यहरूलाई अप्ठेरो परिस्थितिमा सहयोग पु¥याउने हाम्रो प्रमुख उद्देश्य हो ।“ सहकारीले सुरक्षण कोषलाई अझ थप प्रभावकारी बनाउन डिजिटल प्रणालीको प्रयोग गर्दै सदस्यहरूलाई सहज सेवा उपलब्ध गराउने योजना बनाएको छ । जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.ले सदस्य सुरक्षण कोषमार्फत आर्थिक सुरक्षाको उदाहरण प्रस्तुत गर्दै समाजमा सहकारी अभियानको शक्ति देखाएको छ । यसले अन्य सहकारीहरूलाई पनि यस्ता प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रेरणा दिन सक्छ ।
सदस्य सुरक्षण कोषको व्यवस्थालाई सदस्यहरूले सकारात्मक रूपमा लिएका छन् । सहकारीका एक सदस्यका अनुसार “यो नीतिले हामी सदस्यहरूलाई आत्मविश्वास र आर्थिक सुरक्षा प्रदान गरेको छ । संकटको बेला यस्ता सहयोगले ठूलो राहत मिल्छ ।“