मकवानपुरमा देवर नाता पर्नेले गरे भाउजुकाे हत्या

निरन्तर न्यूज
५ असार २०८२, बिहीबार १९:०३

पालुङ । मकवानपुरकाे उत्तरी क्षेत्र थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा धारीलाे हतियारले हानी एक महिलाको हत्या गरिएकाे छ ।

आज दिउँसो करिब साढे २ बजेतिर अन्दाजी ५० वर्षीया तुलुमाया गोपालीको टाउको र जिउ छुट्टिने गरि हत्या भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

कुन्छाल बस्ति नै बस्ने नातामा देवर पार्ने अन्दाजी ३५ वर्षकाे बिमलमान गोपालीले धारिलो हतियार प्रहार गरी भाउवु तुलुमायाकाे हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

मकवानपुर प्रहरी प्रवक्ता अर्यालका अनुसार तुलुमायाकाे हत्या गर्ने बिमलमानलाई इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सबिनबावु अर्याल र अस्थायी प्रहरी पोष्ट बज्रबाराहीका प्रहरी सहायक निरीक्षक सन्तु कुमार लामाको संयुक्त टाेलीले थाहा नगरपालिका ३ थानाबजारबाट खुकुरीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पालुङमा राखिएकाे बताए ।

घटनास्थलको  प्रारम्भिक अनुसन्धान पुरागरि शवलाई पोस्टमार्टमको लागि शिक्षण अस्पताल, काठमाण्डौ पठाइएको प्रहरीले जनाएकाे छ । मृतककाे माईती थाहा १ कुन्छालमा नै रहेकोले घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*