कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

निरन्तर न्यूज
५ असार २०८२, बिहीबार २०:२५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

कार्यकारी निर्देशकले बिना प्रक्रिया परिषद्को रकम खर्च गरेको, स्कारपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको आरोपमा ठाकुरसँगै उनकी श्रीमती इनदुलेखाकुमारी ठाकुर, परिषद्का लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीवी शर्मा, कम्प्यूटर अधिकृत कृष्णमुरारी सिंह, सवारी चालक विक्कीकुमार चौधरी, उभोक्ता समिति अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बवितादेवी साह, धनुषाको जनकपुरधाम उपमहानगरपालिका बस्ने ठेकेदार जितेन्द्रकुमार यादव विरुद्ध फरक-फरक रकम बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

जसमा कार्यकारी निर्देशक ठाकुर विरुद्ध ५१ लाख ७१ हजार ८४४, ठाकुरकी श्रीमती इन्दुलेखा विरुद्ध ४५ लाख २२ हजार ८४५, लेखापाल गिरी विरुद्ध ३० लाख ७२ हजार ८४४, प्रशासकीय अधिकृत शर्माविरुद्ध १० लाख १ हजार ८७६, कम्प्यूटर अधिकृत सिंह विरुद्ध १४ लाख ९९ हजार, उपभोक्ता समिति अध्यक्ष यादव र कोषाध्यक्ष विरुद्ध २० लाख ९९ हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*