पशुपति शर्माले ल्याए गीत ‘झोले त तैँ, झोले त मै’ (भिडियो)

निरन्तर न्यूज
६ असार २०८२, शुक्रबार ०८:०९

काठमाडौं । कलाकार पशुपति शर्माको राजनीतिक र सामाजिक व्यङ्ग्य गरिएको नयाँ गीत सार्वजनिक भएको छ। ‘झोले त तैँ, झोले त मै’ बोलको गीतमा शर्माकै स्वर, शब्द तथा संगीत रहेको छ।

बिहीबार युट्युबमा सार्वजनिक गरेको उक्त गीत सार्वजनिक भएको चार घण्टामा करिब ७० हजारभन्दा धेरैपटक हेरिएको छ ।

समग्रमा रमाइलो शैलीमा तयार यो गीतले खराब व्यक्ति, प्रवृत्तिका साथै नयाँ तथा पुराना राजनीतिक दलका नेताहरुमाथि तीखो व्यङ्ग्य गरिएको छ। यसका अलावा गीतले देशमा कर्मचारी र नेताहरूले गरिरहेको भ्रष्टाचार र घुसखोरीको विषयलाई सटिक तरिकाले प्रहार गरेको छ।

यो गीतमा पशुपतिको एकल स्वर छ भने यसको शब्द र संगीत पनि उनकै हो। गीतको भिडिओमा पशुपति स्वयंले अभिनय गरेका छन्। उनीसँगै जेरी भण्डारी भिडिओमा देखिएका छन्।

जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडिओमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु