ग्वार्को फ्लाई ओभरपासको उद्घाटन

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपासको उद्घाटन भएको छ । शुक्रबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने तय गरिए पनि ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट उद्घाटन गराए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने ओभरपास पटक–पटक म्याद थप साथै डिजाइन नै परिवर्तन गरी अहिले उद्घाटन भएको हो ।
ओभरपासकै बीच भागमा औपचारिक कार्यक्रम आयोजना गरेकाले पनि दायाँ बायाँ सडकमा सवारी जाम भएको थियो । ओभर पास बनेसँगै अब जाम कम हुने अपेक्षा गरिएको छ ।