कतार र इराकस्थित अमेरिकी सैन्य अड्डामा इरानद्वारा मिसाइल हमला

निरन्तर न्यूज
१० असार २०८२, मंगलवार ०८:३७

दोहा : इरानले आफ्ना आणविक केन्द्रहरूमा भएको अमेरिकी हमलाको प्रतिकार स्वरूप सोमबार रातिकतार र इराकस्थित सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको छ।बिबिसीका अनुसार कतारले अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेको छ।

कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिनुको साथै आकाशमा ज्वाला पनि देखिएको अल जजिराले बताएको छ। इरानको सेनाले सोमबार कतारस्थित अल उदैद अमेरिकी एयरबेसमा ‘विनाशकारी र शक्तिशाली’ मिसाइल हमला गरेको दाबी गरेको छ। अल उदेइदमा १० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्।

कतारका रक्षामन्त्रीले अल जजीरालाई उद्धृत गर्दै बताए अनुसार कतारी हवाई सुरक्षा प्रणालीले अमेरिकी सैन्य बेसतर्फ प्रक्षेपित गरिएका मिसाइलहरू रोक्न सफल भएको छ। कतारको विदेश मन्त्रालयले इरानी क्रान्तिकारी गार्डले गरेको आक्रमणलाई ‘कतारको सार्वभौमसत्ता, हवाइ क्षेत्र र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन’ भनेको छ।

यसैगरी इरानले सोमबार राति इराकमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । उक्त आक्रमण अमेरिकाद्वारा इरानका आणविक केन्द्रमा गरिएको बमबारीको बदला स्वरूप भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*