हवाई हमलामा ५१ जनाको मृत्यु
काठमाडौँ । ईरानविरुद्ध अमेरिका–ईजरालयलले थालेको युद्धका दौरान दक्षिणी हर्मोजगान प्रान्तको मिनाब सहरमा भएको हवाई हमलामा ५१ जनाको मृत्यु भएको छ ।
ईरानको सरकारी सञ्चारमाध्यमका अनुसार यहाँ ईजरायली सेनाले एक प्राथमिक छात्रा विद्यालयमा आक्रमण गरेको हो । घटनामा ठूलो संख्यामा मानिसहरु घाइते छन् ।
इरानको मेहर समाचार संस्थाले राजधानी तेहरानमा भएको अर्को आक्रमणमा दुई जना विद्यार्थीको मृत्यु भएको जनाएको छ ।
अमेरिका र इजरायलले केवल सैन्य पूर्वाधारलाई मात्रै आक्रमण गरेको दाबी गरेका थिए । तर तेहरानमा सर्वसाधारणमाथि पनि आक्रमण भएको अल जजिराका पत्रकार मोहम्मद भालले तेहरानबाट बताएका छन् ।










