७३ जिल्लाबाट १ हजार ५ सय २ जनामा डेंगु पुष्टि

निरन्तर न्यूज
१० असार २०८२, मंगलवार ०८:४२

काठमाडौँ । ७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा . गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट एक हजार ५०२ जनामा डेंगु पुष्टि भएको जानकारी दिए ।

डेंगु सङ्क्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्क अनुसार बागमतीमा प्रदेशमा ३८०, कोशी प्रदेशमा तीन सय,गण्डकी प्रदेशमा ३०३ जनामा डेंगु पुष्टि भएको छ । त्यसै गरी, लुम्बिनी प्रदेशमा २४७, सुदूरपश्चिम प्रदेशमा २१८, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*