ससुरालीमा गएर ज्वाइँले गरे सासु-ससुरा, सालो र श्रीमतीको हत्या

निरन्तर न्यूज
२२ असार २०८२, आईतवार १०:४९

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गएराति चार जनाको सामूहिक हत्या भएको छ ।

रामप्रसाद राई–२ को धोद्लेखानी बोन्थिताङमा चार जनाको सामूहिक हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ।

पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार भोजपुर नगरपालिका–२ हेलाउछ बस्ने ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर परिवारका चार जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

राजेन्द्रकी श्रीमती, सासु ४५ वर्षीया मञ्जु गिरि, ससुरा ६८ वर्षीय बेलबहादुर गिरि र सालो मारिएका छन् । सालोको नाम खुल्न बाँकी छ।

घटनापछि आफैँले हतियार प्रयोग गर्दा राजेन्द्र राई पनि गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*