इजरायली आक्रमणमा परी एकै दिन सय जना प्यालेस्टिनीको मृत्यु

निरन्तर न्यूज
२९ असार २०८२, आईतवार १२:२४

काठमाडौं । गाजामा इजरायली सेनाको आक्रमणमा परी कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन् । मारिनेमा दक्षिणी राफाहस्थित अमेरिकी समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउण्डेसन (जीएचएफ) को राहत केन्द्रमा खाना लिन लाइन बसेका ३४ जना नागरिक समेत रहेका अलजजिराले जनाएको छ ।

बीबीसीले भने इजरायली हमलामा परी राहत सामग्री केन्द्र नजिकै २४ प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।

यो नरसंहार कतारमा जारी युद्धविराम वार्ता अवरुद्ध समयमा भएको हो। इजरायलले गाजाका सबै जनतालाई बलपूर्वक विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले आफ्नोतर्फबाट चलेको गालीबाट कसैलाई चोटपटक पनि नलागेको जिकिर गरेको छ ।

तर अर्का इजरायली सैनिक अधिकारीले भने, ‘हामीले मानिसहरूलाई हटाउन चेतावनी स्वरूप गोली चलाएका हौं। सेनालाई खतरा महसुस भएपछि गोली चलाउनु परेको थियो।’

इजरायलले कुनै पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई गाजाभित्रबाट प्रत्यक्ष रिपोर्टिङ गर्न अनुमति दिएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*