साढे ७ करोडमा बनेकाे हेटौंडाकाे आयुर्वेद भवन सन्चालनमा

निरन्तर न्यूज
२९ असार २०८२, आईतवार १४:०४

हेटौंडा  । आजबाट हेटौंडा उपमहानगरपालिका २ स्ठित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरकाे नयाँ भवन सञ्चालनमा आएको छ ।

नवनिर्मित भवनको आज आइतबार एक समाराेहबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले उद्घाटन गरेका छन् ।

यस सँगै सेपाग्राहीहरुले नयाँ भवनबाट सुविधा पाउने भएका छन् ।

बागमती प्रदेश सरकारको ७ करोड ५३ लाख ८२ हजार ५ सय १३ रुपैया (मुल्य अभिबृद्धि कर समेत) काे लगानीमा निर्माण भएकाे भवन साढे २ तल्ला रहेकाे छ । ३० वटा साना गाडी  र ५० वटा माेटरसाइकल राख्न सकिने अन्डरग्राउण्ड पार्किङ समेत भएकाे चिकित्सालयमा कार्यक्रम हलसहित १५ भन्दा बढि सुविधा सम्पन्न काेठाहरु रहेकाे व्यवस्थापन तथा सन्चालन समितिका अध्यक्ष अर्जुन ढकालले जानकारी दिए ।

२०७९ फागुन २८ मा सम्झाैता भइ युरिका पिण्डेश्वरी जेभीले २०८१ फागुन ३० मा निर्माण सम्पन्न गरि समितिलाई जिम्मा लगाएकाे हाे ।

भौतिक संरचना विस्तारै सुविधायुक्त  हुँदैजानु र सरकारको लगानी आयुर्वेद उपचार विधिमा हुँदै जाँदा नागरिककाे यस पद्दतिप्रति विश्वसनियता बढ्ने मन्त्री थापाले बताए ।

२०२८ सालमा बिरगंजकाे रानीगंजमा नारायणी अञ्चल आयुर्वेद औषद्यालयकाे नाममा स्बाथापना भइ २०३८ सालमा मकवानपुरकाे हेटाैँडामा स्थानान्तरण भइ सन्चालनमा आएकाेमा २०७८ सालमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुरकाे रुपमा नाम परिवर्तन भइ सन्चालन भैरहेकाे थियाे । साेही क्रममा २०८० पुषमा बागमती प्रदेश सरकारकाे मन्त्रीपरिषद्काे निर्णयले १६ शैयाकाे आयुर्वेद तथा बैकल्पिक चिकित्सालयकाे रुपमा सन्चालन हुँदै आइरहेकाे छ । यस चिकित्सालयका ‌ओपीडी सेवा, निशुल्क आयुर्वेद औषधी  वितरण, फिजियाेथेरापीलगायत मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत् सेवा दिइरहेकाे चिकित्सालयकि प्रमुख डाक्टर ललिता पाण्डेले जानकारी दिइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*