डब्लुएचओका नेपाल प्रतिनिधिद्वारा बागमती प्रदेशमा समन्वयात्मक भ्रमण
हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन डब्लुएचओका नेपालका प्रतिनिधि टोलिबिच छलफल भएको छ ।
स्वास्थ्य मन्त्री किरण थापा मगर, स्वास्थ्य सचिव डा सुमित्रा गौतम, स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्र कुमार झा, तथा महाशाखा प्रमुखहरू सागर प्रसाद घिमिरे, डा खगेश्वर गेलाल, किरण श्रेष्ठ लगायतसँग विश्व स्वास्थ्य सगठन नेपालका प्रतिनिधि डा राजेस सम्भाजिराव पाण्डव नेतृत्वको उच्चस्तरीय टोलीले दुई दिने प्रदेशस्तरीय समन्वय भ्रमण र छलफल गरेको हो ।
भ्रमण टोलीमा सिनियर हेल्थ पोलिसी एड्भाइजर डा ग्याम्पो दोर्जे, डा बिनोद गुप्ता, सुधन ज्ञवाली लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले हालै सार्वजनिक गरेको सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका र प्रदेश स्वास्थ्य नीति डब्लुएचओ नेपाल प्रमुख डा पाण्डवलाई हस्तान्तरण गर्दै संस्थागत सहकार्यलाई थप सुदृढ बनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा प्रादेशिक रणनीतिक योजना तर्जुमा, सबै नीतिमा स्वास्थ्यको कार्यान्वयन, एक जिल्ला एक स्वस्थ शहर, एक स्थानीय तह एक नमूना स्वास्थ्य संस्था, मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या न्यूनिकरण, एक विद्यालय एक नर्स कार्यक्रम, अस्पताल सुधार आयोजना, आमा तथा नवजात शिशु सेवा, एक स्वास्थ्य संस्था एक ग्रामिण अल्ट्रासउण्ड, मेरो स्वास्थ्य मेरो जिम्मेवारी एक घण्टा मेरो लागि, उच्च रक्तचाप र मानसिक रोगको निस्शुल्क औषधि बर्षैभरी उपलब्ध गराउने, स्वास्थ्य बीमा कार्यक्रम, प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार, सामुदायिक स्वास्थ्य स्वयं सेवक, नसर्ने रोग, जलन, मृगौलाको डायलासिस, बाँझोपनको उपचार लगायतको सेवा विस्तार, पुरुषहरुको प्रोष्टेट क्यान्सर, महिलाहरुको पाठेघरको मुखको क्यान्सर , स्तन क्यान्सरको स्क्रिनिङ र उपचार, नीजि सरकारी साझेदारीमा ड्रग्स र टक्सिकोलोजि सेन्टरको स्थापना, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटको अध्यापन शुरुवात, नसर्ने रोगको रोकथाम र उपचारको लागि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाहरुको हवाइ उद्दार, आयुर्वेद औषधि उत्पादन केन्द्रबाट २१ प्रकारका औषधि उत्पादन, अस्पतालहरुमा तथ्याङ्को अभिलेखिकरण र प्रतिवेदन प्रणालीलाई डिजिटलाइजेसन, प्रदेशका दुग्रम स्थानमा विशेषज्ञ सहितको एकिकृत जनस्वास्थ्य अभियान, अटिजम सिकलसेल एनिमिया, हेमोफिलिया जस्ता समस्याहरुको उपचार, विद्यालयमा अध्ययरत विद्यार्थीहरुको श्रवण शक्ति, आँखाको दृष्य शक्ति, र्युम्याटिक हर्ट डिडिज जस्ता समस्याहरुको स्क्रिनिङ र उपचार आदि प्राथमिकता प्राप्त कार्यक्रम भएकोले सहकार्य र सहयोगको बिषयमा छलफल भएको थियो । मन्त्री थापाले विश्व स्वास्थ्य संगठनको सहयोग र सहकार्यको लागि धन्यवाद दिंदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो।
स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सचिव डा। गौतमले बागमती प्रदेशमा ध्ज्इ ले पुर्याएको प्राविधिक र मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै, प्रदेशका प्रमुख उपलब्धि, प्राथमिकताप्राप्त कार्यक्रमहरू, तथा आगामी आ।व। २०८२र८३ को रणनीतिक योजनाहरू प्रस्तुत गर्नुभएको थियो ।
विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा। राजेश सम्भाजिराव पाण्डवले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गरेका उपलब्धी मुलक कार्यहरुको प्रसंसा गर्दै सबै नीतिमा स्वास्थ्यको प्रभावकारी कार्यान्वयन, स्वास्थ्य क्षेत्र रणनीतिक योजना, स्वस्थ सहरको अवधारणा आदिमा विश्व स्वास्थ्य संगठनको निरन्तर सहयोग रहने बताउनु भयो। यसका अतिरिक्त खोप र खोपबाट बच्न सकिने रोगहरु, नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणमा मिलेर काम गर्ने बताउनु भयो।
विश्व स्वास्थ्य संगठनका सिनियर स्वास्थ्य नीति सल्लाहाकार डा। ग्याम्पो दोर्जेले युवाहरुको मृत्यु र अपाङ्गता हुने दरलाई कम गर्न मोटरसाइक, स्कुटर आदि चालक र पछाडि बस्ने यात्रुले समेत हेलमेटको प्रयोग गर्नु पर्ने, पछाडि बस्नेले समेत हेलमेट लगाउनु पर्ने सवारी साधन र यातायात व्यवस्थापन सम्वन्धी ऐन २०४९ को पूर्ण कार्यान्वयनमा जोड दिनु भएको थियो।
डब्लुएचओको योगदानको सम्मानस्वरूप स्वास्थ्य मन्त्रालयद्वारा कदरपत्र प्रदान गरिएको थियो। २०७९ असार २९ र ३० गते टोलीले हेटौंडास्थित स्वास्थ्य निर्देशनालय, किटजन्य रोग नियन्त्रण तथा अनुसन्धान केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, नीति तथा योजना आयोग, र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान समेत भ्रमण गर्दै सहकार्यका विविध विषयमा छलफल गरेको डब्लुएचओ का प्रदेश स्वास्थ्य अधिकृत हरि भुसालले जानकारी दिनुभयो।
हेटौंडा आउनु अगाडि टोलीले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा “हाइपरटेन्सन केयरक्यास्केट इनिसियटिभ” को स्थलगत अनुगमन गरी मेयर, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूसँग छलफल गरेको थियो। साथै, सिन्धुपालाञ्चोकको चौतारा अस्पतालमा “मानसिक स्वास्थ्यको लागि स्पेसल इनिसियटिभ” कार्यक्रम कार्यान्वयनको अवस्था अवलोकन गर्नुका साथै पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा सहभागिता जनाएको भुसालले जानकारी दिनुभयो।










