हेटौंडाको चियापसलबाट लागुऔषध कारोबारमा संलग्न ३ जना पक्राउ

निरन्तर न्यूज
४ श्रावण २०८२, शनिबार १३:०४

हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा २ स्थित एक चियापसलबाट लागुऔषध सहित पसल संचालक र अन्य दुईजना कारोबारलाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखरा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरीले टोलीले हेटौंडा २ पुरानो मकवानपुर रोड नजिक एक चिया पसलमा लागुऔषधको डिल र किनबेच भइरहेको गोप्य सूचनाको आधारमा लागूऔषध ट्रमाडोलसहित तीन जना पक्राउ गरेको हो।
प्रहरीले १८८ क्याप्सुल ट्रमाडोल र ५० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका घर भई हाल सो स्थानमा चिया पसल गर्दै आएकी ४२ वर्षीया सरस्वती मुक्तान, सोही स्थानमा बस्दै आएका १९ वर्षीय रोजन मुक्तान र भारत मोतीहारी घर भई हाल नेपालमा रहेका २३ वर्षीय सुल्तान खान रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्।

प्रहरीले उनीहरूको शरीर तथा पसलको तलासी गर्दा लागूऔषध लुकाईछिपाई राखिएको अवस्थामा फेला पारेको थियो। पक्राउ परेका तीनै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको मकवानपुर प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले हेटौंडा २ मनकामनापथ स्थित डेरा गरि बस्ने अन्दाजी २१ वर्षीय अंकित दोङलाई लागुऔषध सहित पक्राउ गरेको छ। निजले लुकाई छिपाई गरी राखिएको अवस्थामा १११ ट्याब्लेट लागूऔषध नाईट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल सहित नियन्त्रण लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*