आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

निरन्तर न्यूज
७ श्रावण २०८२, मंगलवार ११:०२

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारबाट सुरु भएको बैठक आज पनि बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा आगामी दोस्रो विधान महाधिवेशन को तयारीमा केन्द्रित रहेर छलफल भइरहेको छ। बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनको अवधारणासहित समसामयिक विषयमा सम्बोधन गरेका छन्।

यस्तै, भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीबारे पनि विस्तृत छलफल भइरहेको छ। बैठकमा आज बाँकी केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन्। कतिपय केन्द्रीय सदस्यले लिखित रुपमा धारणाहरु बुझाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*