७ लाख घुससहित वन अधिकृत पक्राउ

निरन्तर न्यूज
७ श्रावण २०८२, मंगलवार ११:२९

काठमाण्डाैँ ।  डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव घुस रकमसहित पक्राउ परेका छन्।

सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादवलाई सात लाख ३१ हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना आएको थियो।

सूचनापछि अख्तियारबाट टोली खटिएको थियो। टोलीले यादवलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले जानकारी दिए।

यसबारे थप अनुसन्धान अगाडि बढाइएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*