मकवानपुरमा विपन्नकाे घर बनाउन वाइसिएलकाे श्रमदान
मकवानपुर। नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालकाे राक्सिराङ्ग गाउँ कमिटी मकवानपुरले पालिकाकाे वडा ५ मा रहेको बिपन्न परिवारको घर निर्माणका लागि श्रमदान गरेकाे छ ।
साउन १ गतेदेखि सुरु भएको दुई महिनासम्म चल्ने वाइसिएलको अभियान अन्तर्गत आकाश थिङकाे घर निर्माण गर्नका लागि श्रमदान गरेकाे हाे ।
वाइसियल नेपाल केन्द्रको केन्द्रीय कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत थिङको २ कोठाको घर भुई ढलान गरी श्रमदान गरेको हो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) राक्सिराङ्ग गाउँपालिका अध्यक्षहस्त बहादुर मुक्तान, साजन पाख्रिन नेकपा (माओवादी केन्द्र) राक्सिराङ्ग गाउँपालिका सहसचिव, भिम ब. मुक्तान वाइसिएल नेपाल बागमती प्रदेश सदस्य, सन्देश मुक्तान वाइसिएल मकवानपुर जिल्ला सदस्य, पुष्प लाल थिङ्ग वाइसिएल नेपाल राक्सिराङ्ग गाउँ कमिटीका अध्यक्षलगायत स्थानीयको उपस्थिति रहेकाे थियाे ।









