नेपाल प्रहरीको ३२ औं आइजीपीमा चन्द्रकुबेर खापुङ नियुक्त

निरन्तर न्यूज
१३ भाद्र २०८२, शुक्रबार १४:०६

काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । यो निर्णयसँगै उनी भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२ औं महानिरीक्षकको जिम्मेवारीमा हुनेछन् ।

तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । उनी अहिले केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखको जिम्मेवारीमा छन् । खापुङ पहिलो वरीयताका एआईजी थिए ।

वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि खापुङको नियुक्त लागू हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*