हेटौंडाको रिलायन्स विद्यालयद्वारा ‘नव–कोपिला’ बालपत्रिका लोकार्पण

निरन्तर न्यूज
५ आश्विन २०८२, आईतवार १८:२६

हेटाैडा।  मकवानपुरकाे हेटौंडामा रहेकाे एक विद्यालयले बालपत्रिका ‘नव–कोपिला’ लोकार्पण गरेकाे छ ।

आइतबार एक कार्यक्रमको आयाेजना गरि हेटौंडा ५ स्थित रिलायन्स आवासीय माध्यमिक विद्यालय परिसरमा सामूहिकरुपमा बालपत्रिका नव कोपिलाको लोकार्पण गरिएकाे हाे ।

कक्षा १० कि छात्रा युनिषा बर्तौला प्रधान सम्पादक रहेको द्विमासिक पत्रिकाको पुनः प्रकाशन गरिएको हो ।

विद्यार्थीकाे अतिरीक्त प्रतिभा उजागर गर्नकाे लागि एउटा माध्यम प्रदान गर्नकाे लागि बालपत्रीका प्रकाशन गरिएकाे विद्यालयका संस्थापक प्राचार्य केशवलाल श्रेष्ठले बताए । शिक्षा जीवनउपयाेगी हुनुपर्छ र शिक्षाभित्र जीवन जीउने कला हुनुपर्ने बिचार राख्दै संस्थापक प्राचार्य श्रेष्ठले यसकाे निरन्तरताकाे लागि अभिभावकहरुसँग आग्रह समेत गरेका छन् । २०५४ सालबाट प्रकाशनमा आएकाे नेपालकै पहिलो बालपत्रिका रहेकाे नव कोपिलाको पुनः लोकार्पण गरिएको श्रेष्ठकाे भनाइ छ ।

विद्यार्थीहरुका सिर्जनात्मक क्षमताअभिवृद्धि गर्न र लेखन शैलीलाई प्रोत्साहन  गर्ने उद्देश्य लिएर बालपत्रिका प्रकाशन गरिएकाे प्राचार्य दिनेश कुमार सुबेदीले बताए ।  यसकाे निरन्तरता सहज गर्नकाे लागि प्रति पत्रिका बीस रुपैया मुल्य  राखिएकाे सुवेदीले बताए ।

पत्रिकामा कविता, कथा, निबन्ध, गीत, साहित्यिक रचनासँगै विद्यार्थीहरूका विभिन्न सिर्जनात्मक गतिविधिहरू समावेश गरिएकाे छ । लाई स्थान दिइएको छ । यसले विद्यार्थीहरूमा पठन–लेखन संस्कार र आत्मविश्वास विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रमुख सम्पादक बर्तौलासहित कक्षा ६ देखि १० का विद्यार्थीहरूको  सामुहिक सक्रियतामा तयार गरिएको पत्रिकामा  लेख तथा सिर्जना संकलन समिति, विज्ञापन समिति र बिक्री वितरण समिति गठन गरि यसकाे निरन्तर प्रकाशन गरिने विद्यालयले जनाएको छ ।

कार्यक्रममा पत्रिका प्रकाशनकाे टीम सहित प्रकाशनमा सहयाेगी भूमिका निर्वाह गर्ने विद्यालयका सह प्राचार्य अनुजा झालगायत शिक्षक एवम्ह बिद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*