सबै कमिटी भंग गरेर विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

निरन्तर न्यूज
६ आश्विन २०८२, सोमबार ०७:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

आज बसेको पदाधिकारी बैठकमा उनले अहिलेका सबै कमिटी भंग गरेर मंसिरमा महाधिवेशन गरी नयाँ नेतृत्व चुन्ने प्रस्ताव गरेका हुन् ।

यो प्रस्ताव अब केन्द्रीय कमिटी बैठकमा जानेछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठक पनि एक हप्ताभित्रै बोलाउने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर पक्षले अहिलेको नीति र नेतृत्वबाट पार्टी नचल्ने भन्दै विशेष महाधिवेशन माग गर्दै आएको छ ।

जेनजी युवा आन्दोलनपछि यो माग अझ बढी चर्को भएको छ । उपमहासचिव शर्माले प्रचण्डले राजीनामा दिएर नयाँ नेतृत्वका लागि बाटो खोलिदिनुपर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*