विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त, हितेन्द्रदेवलाई हटाईयो

निरन्तर न्यूज
६ आश्विन २०८२, सोमबार ०७:३४

काठमाडौं । नेपाली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाइएको छ । पूर्वप्रधानन्यायाधी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ आएका छन् ।

उनी यहाँ मन्त्री बनेसँगै प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई सरुवा गरिएको हो ।

कार्यकारी निर्देशक रहेका शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणमा पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*