जेनजी आन्दोलनमा भएका घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझआयोग गठन

निरन्तर न्यूज
६ आश्विन २०८२, सोमबार ०७:३९

काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्नका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् । आयोगलाई तीन महिनाको समय दिइएको छ ।

पदभार सम्हालेकै दिन कार्कीले सरकारी/सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*