प्रधानमन्त्रीले बोलाइन निर्वाचन तयारी शीर्ष नेताहरूको संयुक्त बैठक
निरन्तर न्यूज
११ पुष २०८२, शुक्रबार १४:०७
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् ।
प्रधानमन्त्री कार्कीले शनिवारका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।








