परराष्ट्रमन्त्री बन्दै पूर्वरथी बालानन्द शर्मा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन्।
आज उनले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई मन्त्री बनाउन लागेकी हुन् । मन्त्रालय टुंगो लगाउन बाँकी रहे पनि शर्मालाई परराष्ट्रमन्त्री बनाउन लागीएको स्रोतले जनाएको छ । उनलाई आज दिउँसाे ३ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यसका लागि राष्ट्रपति कार्यालयमा तयारी भैरहेको छ । योसँगै अब कार्की मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ।










