प्रचण्ड र सञ्चारमन्त्रीबिच भेटवार्ता

निरन्तर न्यूज
११ पुष २०८२, शुक्रबार १४:१८

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्ड र नेपाल सरकारका सञ्चारमन्त्री जगदीश खरेलबीच आज शुक्रबार भेटवार्ता भएको छ ।

मन्त्री खरेल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । भेटमा आगामी फागुन २१ गते तय भएको निर्वाचनका साथसाथै समसामयिक विषयमा छलफल भएको प्रचण्ढकाे सचिवालयले बताएकाे छ  ।

यस अघी आजै सञ्चारमन्त्री खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।

यस सँगै प्रधानमन्त्री शुशीला कार्कीले शनीवार शिर्ष नेताहरुकाे संयुक्त बैठक समेत बाेलाएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*