राप्रपाले मकवानपुर–१ प्रत्यक्षमा दीपकबहादुर सिंहको सिफारिस

निरन्तर न्यूज
११ पुष २०८२, शुक्रबार १४:२७

हेटाैँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सिफारिस टुंग्याएको छ।

पार्टीको केन्द्रीय संसदीय समितिको निर्णयअनुसार जिल्ला कार्यसमितिले उम्मेदवार सिफारिस गरेको र त्यसलाई औपचारिक रूपमा पार्टी नेतृत्वसमक्ष पठाइएको राप्रपाले जनाएको छ।

प्रत्यक्षतर्फ राप्रपाले दीपकबहादुर सिंहलाई उम्मेदवारका रूपमा एकल नाम सिफारिस गरेको छ। यस्तै, समानुपातिक खुला/आर्यतर्फ उमेश थापा र नवराज थापलियाको नाम सिफारिस गरिएको छ।

आदिवासी जनजातितर्फ अर्पण लामा, मनोजकुमार मोक्तान र बालकृष्ण श्रेष्ठ सिफारिस सूचीमा परेका छन् भने अपांगता तथा पिछडिएको वर्गतर्फ शुक्रराज प्रजाको नाम सिफारिस गरिएको छ। यस्तै, समानुपातिक जनजाति महिलातर्फ सरस्वतीकुमारी सिंह र मनीषा न्यौपानेको नाम सिफारिस गरिएको छ।

समानुपातिक महिलातर्फ हेराकुमारी श्रेष्ठ र हेरा चौरेल सिफारिस हुँदा दलिततर्फ सन्देश परियार र दीपु सुनारको नाम सिफारिस गरिएको छ।
राप्रपा मकवानपुरका अध्यक्ष उमेश थापाले पार्टीको नीति, सिद्धान्त र विधानअनुसार उम्मेदवार छनोट गरिएको बताए। नयाँ पत्रिकाबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*