सिद्धार्थ बैंकको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर सार्वजनिक

निरन्तर न्यूज
११ पुष २०८२, शुक्रबार १५:०१

काठमाडौं- सिद्धार्थ बैंकले २३औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ।

उक्त अफर पुस १० गतेदेखि माघ ९ गतेसम्म ९३० दिन० सञ्चालन रहनेछ जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ।

दोस्रो वर्षदेखि वार्षिक शुल्क छुट पाउनका लागि ग्राहकहरूले प्रत्येक अघिल्लो वर्षमा कम्तीमा तीन पटक क्रेडिट कार्डमार्फत कारोबार गरेको हुनु पर्नेछ।

सिद्धार्थ बैंकले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित सँगसँगै डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*