हुन्डाईको ‘विन्टर डिलाइट’ योजना सार्वजनिक

निरन्तर न्यूज
११ पुष २०८२, शुक्रबार १६:४५

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ‘हुन्डाई विन्टर डिलाइट’ योजना सार्वजनिक गरेको छ।

यही २५ डिसेम्बर २०२५ देखि लागू भएको यस योजनाअन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद छुट र छानिएका मोडेलहरूमा १ लाख रुपैयाँसम्मको नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन्। साथै, १ वर्षको निःशुल्क बीमा र सवारी करको सुविधा पनि उपलब्ध गराइएको छ।

कम्पनीले आफ्ना गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई-भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ सुविधा रहेको जनाएको छ। यो योजना सीमित अवधिका लागि देशभरका हुन्डाई शोरुमहरूमा उपलब्ध हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*