पारामाउन्ट मोटर्सले ल्यायाे नयाँ योजना

निरन्तर न्यूज
११ पुष २०८२, शुक्रबार १६:४६

काठमाडौं- एमजी र आइएम मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्षको अवसरमा ‘इलेक्ट्रिफाइड न्यु इयर २०२६’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो सवारी साधन साटेर एमजी र आइएमका इलेक्ट्रिक गाडी खरिद गर्दा ४ लाख रुपैयाँसम्मको फाइदा लिन सक्नेछन्।

कम्पनीले यस योजनामा पुरानो गाडीको उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरीज र तत्काल डेलिभरी जस्ता सुविधाहरू उपलब्ध गराएको छ।

यो अफर डिसेम्बर २५ देखि देशभरका आधिकारिक एमजी शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*