विपद्सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन चुनौती छ – गृहमन्त्री अर्याल
काठमाण्डाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा सम्भावित कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कानुनी र संरचनागत व्यवस्था मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन नै अहिलेको मुख्य चुनौती रहेको बताएका छन्।
शुक्रबार आयोजित २८औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले यस्तो धारणा व्यक्त गरेका हुन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित उक्त बैठकमा उनले राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने वा एक दिनको सचेतनामै सीमित गर्नु नहुने बताए। उनले भूकम्प सुरक्षा दिवसलाई विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायस्तरसम्म विस्तार गर्दै भूकम्प–सुरक्षित निर्माण, सुरक्षित बसोबास र सुरक्षित व्यवहार प्रवर्द्धन गर्ने दीर्घकालीन जनचेतना अभियानको रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
गृहमन्त्री अर्यालका अनुसार सरकारले पछिल्ला वर्षहरूमा भूकम्प तथा बहुविपद् जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण नीतिगत तथा संरचनात्मक पहलहरू गर्दै आएको छ।







