हेटौँडामा ट्राफिक प्रहरीलाई लछारेर भाग्ने कार चालकबिरुद्ध ज्यान मार्ने उद्याेगमा मुद्दा
हेटौँडा । गत बिहिबार हेटौँडा ११ स्थित पुर्व पश्चिक राजमार्गमा चेकजाच गरिहेका एक ट्राफिक प्रहरीलाई सडकमा लडाएर मापस चेक गर्ने यन्त्र ब्रेथलाइजर सहित भागेका कार तथा चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुस १७ गते बिहिबार साँझ ट्राफिक कार्यलयबाट खटेका प्रहरीले राजमार्गमा मापसे परीक्षणका लागि ब्रेथलाइजर प्रयोग गरेर चेकजाच गरिरहेको अवस्थामा बा ६ च ८४०९ नम्बरको कार चालकले अचानक सिसा बन्द गरी गाडी चलाउँदै भाग्न खोज्दा ड्युटीमा खटिएका ट्राफिक प्रहरी विजय प्रताप शाहलाई करिब १० मिटर घिसारेर घाइते भएका थिए ।
घटना लगत्तै ब्रेथलाइजर सहित कार तथा चालक हेटौंडा–५ गर्दैई बस्ने ४६ वर्षीय बासुदेव आचार्य फरार भएका थिए । फरार रहेका चालक आर्चायलाई खोजतलासका क्रममा शुक्रबार चितवनको भरतपुरबाट लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले बताएका छन् । नियन्त्रणमा लिइएका चालकलाई ज्यान मार्ने उद्याेगकाे कसुरमा जिल्ला अदालत मकवानपुरबाट १० दिनकाे म्याद थप गरि थप अनुसन्धान भइरहेको जनाइएको छ।
घटनामा घाइते भएका प्रहरी शाहको टाउकोमा १२ टाका लगाइएको र अवस्था सामान्य रहेको जनाइएको छ ।








