प्रचण्ड र भारतीय सुरक्षा सल्लाहकार डोभाल बीच दिल्लीमा भेटघाट

निरन्तर न्यूज
२१ पुष २०८२, सोमबार १५:५४

काठमाडौँ । भारत भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका छन्।

भारत भ्रमणमा रहेका  संयोजक दाहालसँग डोभालले आइतबार नयाँ दिल्लीमा भेट गरेका हुन्। आइतबार राति दिल्ली पुगेका दाहाललाई भेट्न डोभाल उनी बसेको होटल ताजमान पुगेका थिए ।

उनीहरूीच के कुराकानी भयो खुलाइएको छैन । दिल्लीमा रहँदा दाहालले सत्तारुढ भारतीय जनता पार्टीका केही नेताहरूसँग पनि भेट गर्ने बताइएको छ।

नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन दाहाल दिल्ली गएका हुन् ।

नेपालमा चुनावी गतिविधि तीव्र भइरहेका बेला दाहालको भारत भ्रमण चासोको रुपमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*