यसपटक प्रचण्ड रुकुम पूर्वबाट चुनाव उठ्ने

निरन्तर न्यूज
२६ पुष २०८२, शनिबार १८:२७

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट चुनाव लड्ने भएका छन् ।

रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वी रुकुमबाट आफू चुनाव लड्ने लगभग निश्चित भएको बताएका हुन् । ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने ।

गएको निर्वाचनमा रुकुम पूर्वबाट तत्कालीन माओवादी केन्द्रका पूर्णबहादुर घर्ती विजयी भएका थिए ।

प्रचण्डले अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा दोहोर्‍याएर चुनाव लडेका छैनन् । उनले ०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १० र रोल्पा-२ बाट जितेका थिए ।

०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौं-१० र सिराहा-३ बाट उठेको भए पनि काठमाडौंमा हारेर सिराहाबाट जितेका थिए । ०७४ को निर्वाचनमा उनी चितवन-३ बाट निर्वाचित भए । प्रचण्ड ०७९ को निर्वाचनमा गोरखा-२ पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*