आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

निरन्तर न्यूज
२७ पुष २०८२, आईतवार ११:३१

काठमाण्डाैँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार मनाइएको छ ।

त्यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । आइतबार शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरे । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो।

त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीहरूले पनि नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गरे।

मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*