मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

निरन्तर न्यूज
२८ पुष २०८२, सोमबार २०:३२

काठमाडौं। सरकारले वित्तीय क्षेत्र विकास रणनीति २०८२-०८३ देखि २०८६-०८७ स्वीकृत गर्ने निर्णय गरेको छ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गर्ने निर्णय गरेको हो।

यस्ता छन् निर्णयहरू

– अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने।

– वित्तीय क्षेत्र विकास रणनीति २०८२-०८३ देखि २०८६-०८७ स्वीकृत गर्ने।

– २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने।

– मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने।

– गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्द प्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने।

– संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*