काँग्रेस संस्थापन पक्षद्वारा महामन्त्रीद्वय गगन र विश्वप्रकाशलाई कारवाही

निरन्तर न्यूज
१ माघ २०८२, बुधबार १६:४७

काठमाडौं । नेपाली कांग्रेसको विवाद बढ्दै जाँदा संस्थापनपक्षले विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्कासन गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

भृकुटीमण्डपमा पुस २७ गते विशेष महाधिवेशन सुरु भएयता नेताहरूबीच विवाद समाधानका लागि भन्दै लगातार छलफल तथा वार्ताहरू भएका थिए । गगन–विश्वपक्ष, सभापति शेरबहादुर देउवापक्ष र नेता शेखर कोइरालापक्षबीच वार्ता समिति गठन गरेरै सहमतिको प्रयास भएको थियो ।

बुधबार मात्र गगन–विश्वले सहमतिका लागि ८ बुँदा पठाएका थिए । तर त्यो बुँदामा सहमति नजनाई संस्थापनपक्षले गगन–विश्वलाई कारबाही गरेको हो । उनीहरूमाथि कारबाही भएसँगै कांग्रेस विभाजनमा पुगेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा गगनलाई सभापति बनाउने गरी उम्मेदवारीसमेत दर्ता भएको छ । अब भृकुटीमण्डपले नयाँ कार्यसमिति चयन गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*