महान्यायाधिवक्ताको निर्णय : अभियुक्तको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग पत्र सच्चिँदै

निरन्तर न्यूज
३ माघ २०८२, शुक्रबार २०:३८

काठमाण्डाैँ ।  महान्यायाधिवक्ताको कार्यालयले गोर्खा मिडिया प्रालिसँग जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपितविरुद्ध दुई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएको छ । अब रवि लामिछानेसँगै जीवी राईसहित ६३ जना सहकारी ठगीका अभियुक्तको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग पत्र सच्चिँने भएकाे छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले शुक्रबार गोर्खा मिडिया प्रालि जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपित विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी हुन् ।

रवि लामिछानेसँग जोडिएका जीवी राई र छविलाल बन्जाडे जोशीलगायत सबैको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता भएको छ ।

भण्डारीले बुधवार लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*