काँग्रेसकाे संस्थापन पक्ष आज सर्वोच्च अदालत जाने

निरन्तर न्यूज
५ माघ २०८२, आईतवार १०:२४

काठमाडौं। नेपाली काँग्रेसका संस्थापन शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वोच्च अदालत जाने भएका छन्।

निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको समूहलाई दिएको निर्णयपछि कांग्रेस संस्थापन पक्षनेताहरू अदालत जाने तयारीमा छन्।

शनिबार संस्थापन पक्षका नेताहरूको पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक एवं कानूनी उपचार र राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने , “विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता र उपस्थित संख्या नहेरी गरिएको निर्णय दुषित मनशायले प्रेरित भएको हो। देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक रूपमा परिवर्तन गरी पार्टीलाई क्षति पुर्‍याउने प्रयास स्पष्ट देखिन्छ। निर्वाचन आयोगले हाम्रो पक्षलाई सुनुवाइ पनि नगरेको छ। त्यसैले सर्वोच्च अदालत नै अन्तिम सुनुवाई गर्ने ठाउँ हो र हामी आज मुद्दा दायर गर्दैछौं।”

संस्थापन पक्षले आफ्नो वैधानिकता १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र उहाँहरूसँग रहेको दाबी गर्दै आयोगको निर्णयलाई अदालतले सच्याउने विश्वास व्यक्त गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*