विश्वदीप पाण्डे रूपन्देही २ मा नेकपाकाे तर्फबाट उम्मेदवार

निरन्तर न्यूज
६ माघ २०८२, सोमबार २०:१८

काठमाण्डाैँ  । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि उम्मेदवार छनाैट गरिरहेकाे छ । यसै क्रममा नेकपाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट सुभाष पाण्डे (विश्वदीप) लाई उम्मेदवार बनाएको छ।

विश्वदीपलाइ उम्मेदवारकाे टिकट हस्तानतरण गर्दै नेकपा का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जितकाे शुभकामना दिएका छन् ।

उनले रुपन्देही २ बाट निर्वाचन लड्ने गरी टिकट पाएको पुष्टि गरे। ‘मैले रुपन्देही २ बाट प्रतिनिधि सभाका लागि टिकट पाएको छु, उनले बुटवल टुडेसँग भने। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वदीपलाई टिकटसमेत हस्तान्तरण गरिसकेका छन्।

उनी नेकपा माओवादीका पूराना नेता भक्ति पाण्डेका छोरा हुन्। लामो समयसम्म भूमिगत रहेका उनी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइको स्वकीय सचिवका रुपमा लामो समयसम्म भूमिका निर्वाह गरेका थिए। पछि माओवादीमा फर्किएका पाण्डे  प्रचण्ड प्रधानमन्त्री हुँदा युवा तथा सामाजिक विकास विज्ञ  भएर काम गरेका थिए।

उनी तत्कालीन माओवादीका चर्चित  नेता भक्ति प्रसाद पाण्डे (चाचा) का छाेरा हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*