मकवानपुरमा कुखुरा बोकेको गाडी पल्टिदा एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउॅंपालिका वडा नम्बर २ सिमखोला पुल नजिकै कुखुरा बोकेको बोलेरो भ्यान दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
बिहीबार बिहीन भिमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत उक्त स्थानमा कुखुरा बोकेर काठमाडौ जादै गरेको म.प्र.०३-००१ च ६७२१ नम्बरको बोलेरो गाडी सडकबाट खोल्सामा खस्दा सह-चालक १७ वर्षीय सर्लाही वरथवा न.पा.१ बस्ने रोहन मण्डलको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारको काठमाडौ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दुर्घटनामा चालक वरथवा न.पा.१ बस्ने बर्ष अन्दाजी २५ वर्षीय रामवली साह र सवार सोही स्थान बस्ने अन्दाजी १६ वर्षीय छोटे पीसवान घाइते भएको र उनीहरुको केएमसी अस्पतालमै उपचार भइरहेको जनाइएको छ । उक्त बोलेरो गाडीमा रहेको ५०० कुखुरा मध्ये ३०० कुखुरा मरेको, बोलेरो गाडी क्षतीगस्त भएको जनाइएको छ । घाइतेहरुलाई प्रहरी चौकी खानिखेतबाट गएको प्रहरी टोलीले उद्वार गरेरे उपचारको लागि पठाएको थियो ।










