अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

निरन्तर न्यूज
१७ माघ २०८२, शुक्रबार १२:२८

काठमाण्डाैँ ।  शहीद दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेकी छिन्।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी सहिद दिवस मनाउने परम्परा छ।

साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरिएको थियो ।

शान्ति वाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको छ ।

सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता थियो ।सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*