लागू औषधसहित हेटौँडाबाट दुई युवक पक्राउ

निरन्तर न्यूज
२६ माघ २०८२, आईतवार १४:०८

हेटाैँडा । मकवानपुर प्रहरीले अवैध लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । लागू औषध नाइट्राजेपाम ट्याब्लेट ५७० थानसहित प्रहरीले पर्सा धोबिनी गापा–४ घर भई हेटौंडा उपमहानगरपालिका–१ डेरा गरी बस्ने १९ वर्षीय मनिष गुप्ता र सोही स्थान बस्ने १९ वर्षीय विजय सहनीलाई शुक्रबार पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोकबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीले शंका लागेर उनीहरूको शरीर खानतलासी गर्दा लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय हेटाैंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए । पक्राउ परेका दुवैजनालाई मकवानपुर जिल्ला अदालत हेटाैंडाबाट म्याद अनुमती लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*