सातामा दुई दिन विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको कम आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा चैत २३ सोमबारदेखि नै सातामा दुई दिन बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
शैक्षिक संस्थाबाहेकका कार्यालय समय अब बिहान ९ देखि बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय समेत गरिएको उनले बताए ।
शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।









