बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

निरन्तर न्यूज
१९ जेष्ठ २०८३, मंगलवार ०७:५५

बीरगंज । बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज बिहान सिंहलाई ठोरीबाट पक्राउ गरेको हो ।

सिंहविरुद्ध जिल्ला अदालत पर्साबाट ८ दिनअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।

स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेको, सोही आधारमा नागरिकता र राहदानी बनाएर विदेश पठाएको आरोप छ।

मेयर सिंहविरुद्ध परेका चार वटा मुद्दामध्ये लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*