वडा अध्यक्ष बाँनीयले एक वृद्धालाई ट्युववेल निर्माण गरिदिए

हेटौंडा । खानेपानीको अभाव झेलिरहेको एक परीवारलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले ट्युववेल सहयोग गरेका छन् ।
प्रत्येक दिन पानीका लागी छिमेकीकोमा धाउँनुपरेपछि आफनो समस्या वडा अध्यक्ष समक्ष राखेपछि वडा अध्यक्ष बाँनीयाले हेटौंडा ५ शान्तीनगर निवासी ७५ वर्षिया वृद्धा टिकादेवि ढुंगानालाई ट्युववेल निर्माण गरिदिएका हुन् ।
पिउन र दैनिक उपभोगको लागि समेत पानीको समस्या झेलीरहका बृद्धा ढुङ्गानाका लागी वडा अध्यक्ष बानियाँले आफ्नो पारिश्रमीक करिब १६ हजार रुपैयाकाे लागतमा खानेपानीकाे लागि ट्युववेल निर्माण गरिदिएको बताए ।