बसपार्कमा यात्रुको गुनासो – टिकट पाउन सकेका छैनौँ, कसरी घर जानु ?

काठमाडौं । दशैंका लागि सङ्घीय राजधानी काठमाडौं छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दशैंका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौंको गोंगबुको रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ । नेपालीहरुको महान् चाड बडादशैंको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दशैं सुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको बस व्यवसायी बताउँछन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि आज १७ गते बिहानसम्म काठमाडौंबाट बसमा ५६ हजार ९५६, ट्रकमा सात हजार ७४९, सानो मोटरसाइकलमा आठ...